कर्णाली करिडोरको पहिरो पन्छाएपछि यातायात सुचारु

सदरलाइन संवाददाता १९ असार २०७८, शनिबार १९:१९
 


कालिकोट  :  सुक्खा पहिरोको कारण अबरुद्ध भएको कर्णाली करिडोरको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो ।

कर्णाली करिडोरमा आएको सुक्खा पहिरो शुक्रवार पन्छाएपछि शनिबारबाट पुर्णरुपमा करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए । लगातारको वर्षाका कारणले पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको करीब १२ दिनपछि खुला भएको हो ।


कर्णाली करिडोर अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुरा जिल्लाको करिडोरको सडकखण्डमा पहिरो गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता अभिमुखिकरण

१९ असार २०७८, शनिबार १९:१९
बैजनाथ  (बाँके) : बाँकेको बैजनाथ गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखिकरण गरिएको छ । अभिमुखिकरणमा बोल्दै पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पालिका नजिकको स्थानीय सरकार भएको स्मरण गराउदै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धीका सम्पुर्ण सेवा लाभग्राहीले सहज रुपमा पाउनुपर्नेमा जोड दिंदै उनिहरुले […]