सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उचाररत २१ जनाको तेस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ७० पुगेको छ । यसअघि विभिन्न जिल्लाबाट ४९ जना निको भएर घर फर्किसकेका छन् ।
उनीहरुलाई कोरोना विशेष आइसोलेशन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर शुक्रवार अस्पतालबाट बिदाई गरेको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
नेपालगञ्जमा पहिलो पटक फेला परेका कोरोना संक्रमित ६० वर्षीय पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन् ।
उनीसहित नेपालगञ्ज उपमहानगरपालिका–८, जोलाहनपुर्वाका २० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
उक्त अस्पतालमा नेपालगञ्जका २५ जना उपचाररत थिए । बाँकीको समय नपुगेकोले केही दिनपछि कोरोना परीक्षण गरी डिस्चार्ज गरिने डा. थापाले बताए ।