‘चाँडो नतिजा दिने गरी तयारी गरिएको छ’

१३ असार २०७४, मंगलवार १९:३१
 

सदरलाइनडटकम 
१३ असार नेपालगन्ज :  बाँकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न भएको कम्तिमा दुई दिनभित्रै सम्पूर्ण स्थानीय तहको मतगणना कार्य सक्ने गरी व्यवस्थापन गरिएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बाँकेको सबै स्थानीय तहमा मतगणना गर्दा एकै पटक धेरै स्थानमा गणना गर्ने तयारी गरिएको जानकारी दिए । उनले भने–‘राजनीतिक दल र कर्मचारीबीचको समन्वय र ब्यवस्थापन
गर्दै पहिलो चरणको मतगणनामा भएको ढिलाईबाट पाठ सिक्दै छितो भन्दा छितो मतगणनाका लागि व्यवस्थापन गरिएको छ ।’
उनले आफुहरुको पहिलो लक्ष त मत गन्न सुरु गरेको १८ घण्टा भित्रै सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिदैभने–‘कुनै अफ्टयाकल नभए निर्धारित समयमै नतिजा दिनेछौ ।’
उनले मतदान गर्नका लागि जिल्लाभरका मतदाताहरु मतदानका लागि एकदमै उत्साहित भएको जानकारी दिए ।
बाँकेको अवस्था मुल्यांकन गर्दा सुरक्षा, सौहार्दता, चुनावी अभियानका दृष्टिकोणले पनि अत्यन्त राम्रो भएको उनको विश्लेशण छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा बढि ६२ हजार ३ सय ९७ मतदाता रहेका छन् । त्यसपछि कोहलपुर नगरपालिका, बैजनाथ गाउँ पालिका र राप्तीसोनारी तथा खजुरा गाउँपालिकामा सबैभन्दा बढि मतदाता रहेका छन् । जिल्लाभर दुईलाख ४६ हजार १०४ मतदाता रहेका छन् । बुधबार बिहान ७ बजेदेखि सुरु हुने मतदान विहान ५ बजेसम्म तोकिएको छ ।
मतदान कार्य सम्पन्न भएपछि आवश्यक प्रक्रिया पु¥याएर मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइने
छ । मुख्य निर्वाचन अधिकृत पौडेलले नेपालगन्ज उप–महानगरपालिकामा धेरै मतदान स्थल र मतदान केन्द्र रहेका कारण मतपेटिका ब्यवस्थापन मै समय लाग्ने भएका कारण बिहिवारदेखि मात्रै मतगणना हुने जानकारी दिए ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालाफाँटा मतदान केन्द्र नजिकै आगलागी अवस्था नियन्त्रणमा

१३ असार २०७४, मंगलवार १९:३१
सदरलाइनडटकम  १४, असार, नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका–३ को कालाफाँटामा मतदान हुँदै गरेको समयमा मतदान केन्द्र नजिकै आगलागी भएको छ । कालाफाँटा मतदान केन्द नजिक आगलागी हुँदा १३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएको छ भने मतदान केही बेरका लागि प्रभावित भएको थियो । सो आगलागीमा परेर […]