राजपाका स्थानीय १६ नेताहरु पक्राउ

३ असार २०७४, शनिबार २०:२४
 

सदरलाइनडटकम
३ असार, नेपालगन्ज : शनिबार साँझ बाँकेमा लाठी जुलुस निकाल्दै गरेका राजपा नेपालका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  निर्वाचन बहिष्कार लगायतको आन्दोलनको कार्यक्रम अघि सार्दै लाठी जुलुस प्रदर्शन गर्ने क्रममा राजपा नेपालका १६ जना जिल्ला नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रीभुवनचोक नजिकै रहेको पार्टी कार्यालयबाट लाठी जुलुस प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा केन्द्रीय सदस्य रामकुमार दीक्षित, जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु केशवराम बर्मा, लक्ष्मीनारायण बर्मा, फूलचन्द्र तिवारी लगायतका रहेका छन् ।
त्यस्तै, जिल्ला सचिवहरु महमुद आलम सिद्दिकी, सुरेशकुमार बर्मा र जिल्ला सदस्यहरु राजेन्द्र गुप्ता, मेराज अन्सारी, मोहम्मद रसुल शाह, मनोज बर्मा, किताकल निशा दर्जी, रामगोपाल बर्मा लगायतका रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।
यसैबीच बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले आईतबार स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तामा अवरोध पुर्याउने सक्ने भन्दै राजपाका नेताहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
राजपाका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई पक्राउ गरेको आरोप लगाए । यता तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगन्जले एक विज्ञप्ती प्रकाशीत गरी शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्ताक्षेप प्रति भत्र्सन गर्दै पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न अपिल गरेको छ ।
फोटो सौजन्य : आलम खान /तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगन्ज


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडक्रसको स्वर्णजयन्ती समारोह सम्पन्न, रेडक्रसकर्मीलाई सम्मान

३ असार २०७४, शनिबार २०:२४
सदरलाइनडटकम ३ असार नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको स्वर्णजयन्ती समापन समारोहका बीचमा शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । रेडक्रसका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि संजीव थापाले बाँके शाखाको प्रशंसा गर्दै आफुलाई संधै अगाडि बढ्न उत्प्रेरित गर्ने गरेको बताउदै बाँके शाखाप्रति आभार व्यक्त गरे । उनले भने–‘यो स्वर्णजयन्ती […]

सम्बन्धित