बाँकेका २५ क्वारेन्टाईनमा ७ सय ४८ जना बस्दै

३१ बैशाख २०७७, बुधबार २२:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेका विभिन्न पालिकामा निर्माण गरिएको क्वारेन्टाईनको संख्या २५ पुगेको छ ।

बुधबार मात्र नरैनापुर, राप्तीसोनारी, डुडुवामा निर्माण गरीएको क्वारेन्टाइन मा ३७३ जना थपिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या ७ सय ४८ पुगेको छ ।


बाँकेमा बुधबार १ जना पोजेटिभ थपिएको छ । यो संगै बाँकेमा कोबिड–१९ बाट संक्रमित हुनेको संख्या २५ पुगेको छ ।

फोकलपर्शन श्रेष्ठले बुधबार मात्र स्याम्पल कलेक्सन नरैनापुर ४५, भेरी ३४, मेडिकल कलेज १ गरि ८० जनाको गरिएको छ ।

हालसम्म स्याम्पल कलेक्सन बाँकेमा पिसिआरबाट १ हजार ८४ जनाको सेम्पल लिएकोमा ती मध्ये ९७६ को नतिजा नेगेटिभ आएको छ । यसमा कोरोना पोजिटिभ २५जना रहेको र जाँच प्रक्रियामा ८३ जना रहेको जानकारी दिए ।

Next Post

कर्णाली प्रदेश र मध्यपश्चिम विवि बीच छात्रबृत्ति सम्झौतामा हस्ताक्षर

३१ बैशाख २०७७, बुधबार २२:१५
सदरलाइनडटकम, सुर्खेत :  कर्णाली प्रदेश सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिता विषयमा स्नातकोत्तर अध्यनरत विद्यार्थीलाई छात्रबृत्ती उपलव्ध गराउने भएको छ । कर्णाली प्रदेस सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दक्ष पत्रकार तथा सञ्चारकर्मी उत्पादनमा सहयोग गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालय र मन्त्रालयबीच छात्रबृत्री सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी अनुसार […]