बिबादकै बिचमा भम्कामा झोलुङ्गे पुलको शिलन्यास

१३ माघ २०७५, आईतवार १३:३१
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडानं. १ भम्कामा विबादका बीचमा झुलुङ्गेपुलको शिलन्यास गरिएको छ ।
काँग्रेस क्षेत्रीय सभापति माधवराम खत्रीको बल मिचाईको कारण स्थानीय जनप्रतिनिधि र स्थानीयको सहभागिता विना नै झुलुङ्गेपुलको शिलन्यास गरिएको बताईएको छ ।
‘सबैको सहभागितामा शिलन्यास गरौ भनेर अघिल्लो दिन राती १२ बजेसम्म सहमति भयो तर, भोलीपल्ट कसैलाई पनि जानकारी नै नगराई गाउपालिकाको अध्यक्ष उपाध्यक्ष र नेपाली काँग्रेसका क्षेत्रीय सभापतिले बलमिचाई गरेर शिलन्यास गरे’–स्थानीय नगेन्द्र लामिछानेले भने–‘हामी पनि हाम्रो ठाँउको विकासमा सहभागि हुन्छौ भन्दा भाग नै खोस्छन की भनेर एउटा पार्टीको पेवा जस्तो बनाउने काम भयो जुन अत्यन्तै निन्दनिय छ ।’
सो विषयमा गाउपालिकाका अध्यक्ष लाहुराम थारुसंग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । उनको फोनमा अध्यक्ष थारुका सहयोगि सन्तोष चौधरीले झोलुङ्गे पुलको शिलन्यासमा एकदुई जनाले शिलन्यास कार्यक्रम सकिएपछि विरोध गरेको बताए । भने नेपाली काँग्रेस क्षेत्रीय सभापति खत्रीले आफ्नो फोन फरवार्डको कारण सम्पर्क हुन सकेन ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित राप्ती नदीको भम्का–बैरिया घाटमा झोलुंगे पुल बनाउन शुक्रबार शिलान्यास गरिएको हो ।
दुई करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुल संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट बन्न लागेको सो पूलको शिलन्यासमा मन्त्रालयबाटै चासो लिएको भए पनि गाउपालिकाले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदसम्मलाई सुईको नदिई सिलन्यास गरिएको बताईएको छ ।


फोटो : गाउपालिकाका प्रेस सल्लाहकार अर्जुन ओली

Next Post

निर्धन उदयपुरले आफ्ना सदस्यलाई उद्यमशिल तालिम दिदै

१३ माघ २०७५, आईतवार १३:३१
सदरलाइनडटकम, नेपालगञ्ज  : निर्धन उत्थान लघुवित्तीय संस्था लिमिटेड उदयपुर बाँके शाखाले आफ्ना सदस्य गृहणी महिलालाई उत्पादनसंग जोड्ने उदे्श्यले तीन दिने उद्यमशिलता विकास तालिम आईतबारदेखि नेपालगञ्जमा सुरु गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेतले तालिमको उद्घाटन गर्दै निर्धन लघुवित्तले गृहणी महिलालाई उत्पादनसंग जोड्दै बचत गर्न तथा […]

सम्बन्धित