कोबिड–१९ बिरुद्ध गोल्डेन एजको विभिन्न क्षेत्रमा सहयोग

१८ बैशाख २०७७, बिहीबार १७:३९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर क्षेत्रमा कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावितलाई सहयोग गरिनुको साथै संक्रमणबाट जोगिनको लागि अत्यावश्यक स्थानहरुमा सेनिटाईजेशन गरिएको छ ।

गोल्डेन एज अनलाईन प्रालिले लकडाउन प्रभावित शाररिक रुपले अशक्तलाई मेडिकल ईक्यूपमेन्ट, सञ्चारकर्मीलाई मास्क, सेनिटाईजर, ग्लोब बितरण गर्नुको साथै कोहलपुर–८ मा सेनिटाईजेशन गरिएको जनाएको छ ।

सो प्रालिका सञ्चालक जयसिंह केसीले कोहलपुर नगरपालिकाका २, ५, १०, १२, १३ र बैजनाथ गाउपालिकाको २ नंम्बर वडामा रहेका ९ जना शारिरिक अशक्तलाई मेडिकल ईक्यूपमेन्ट बितरण गर्नुको सबै बाँकेका ७० जना सञ्चारकर्मीलाई मास्क, सेनिटाईजर र ग्लोब्स बितरण गरिएको जानकारी दिए ।


उनले कोहलपुर–८ को सुन्दरनगरटोल, एनिटिभि परिसरमा आफ्नो पहलमा सेनिटाईजेशन गरिएको बताए , उनी आफै औषधि छर्ने टंकी बोकेर सेनिटाईज गर्ने ठाँउमा पुगेका थिए ।

ब्लिचिङ्गपाउडर पानीमा हालेर बढी जनसम्पर्क हुने स्थानमा छर्दा किटाणु नष्ट हुने बैज्ञानिक कारणले गर्दा एनटिभि कोहलपुर परिसर, स्टुडियो, कर्मचारी आवासलगायतमा सेनिटाईज गरिएको हो ।

Next Post

हिन्दू धर्मगुरु योगीसहित ४० जनाको स्वाब संकलन

१८ बैशाख २०७७, बिहीबार १७:३९
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन विभिन्न धार्मिकस्थलमा बस्दै आएका धर्मगुरु तथा आश्रय लिएका ब्यक्तिहरुको पिसिआर पद्धतीबाट कोरोना जाँचलाई तीब्रता दिएको छ । यसक्रममा बिहीबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मगुरु तथा बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीसहित उनका सहयोगी ७ जनाको कोरोना परिक्षणको स्वाब संकलन गरिएको […]

ताजा अपडेट