बाँके बर्दियामा कृषि एम्बुलेन्स सञ्चालनमा

१२ बैशाख २०७७, शुक्रबार १८:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण कृषि उपज बजारीकरण गर्ने उद्देश्यले बाँकेमा शुक्रबारदेखि कृषि एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । पाँच नंम्बर प्रदेस सरकारको कृषि भुमिव्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग र जिल्ला तथा प्रदेस सहकारी संघको समन्वयमा प्रदेसका १२ वटै जिल्लामा यस्तो सेवा सुरु गरीएको हो ।

सहकारी संघ प्रदेश नंम्बर पाँच तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सवेदीले कृषि उपजलाई बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएको जानकारी दिए । उनले कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नं.५ को बिशेष पहलमा यस्तो कार्यको सुरुवात गरिएको जानकारी दिए । सो कार्यको लागि यस अघि मन्त्रालयले अनुदानमा दिएको पिकअप भ्यानहरुलाई प्रयोगमा ल्याईएको बताए ।

शुक्रबार किसानले उत्पादन गरेको ट्माटर, खुर्सानी र फर्सी कृषि एम्बुलेन्सको प्रयोग गरी नेपालगन्ज पुर्याईएको छ । किसानको खेतबाट उल्पादित कृषि उपजहरु कृषि एम्बुलेन्स मार्फत उपभोक्ताको घर वा थोक बिक्रेतासम्म पुर्याउने गरिएको छ ।

कृषि एम्बुलेन्स सञ्चालनको लागि आवश्यक पर्ने ढुवानी भाडा प्रदेश सरकारले सहयोग गर्ने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।
पाँच नंम्बर प्रदेस भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालनमा ल्याईएको कृषि एम्बुलेन्सले किसानको उत्पादन किसानको खेतबारीबाट बजारसम्म पुराउने कार्यमा प्रयोगमा ल्याईएको हो ।


उनले जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका पिकअप भ्यान र प्रदेस सरकारले अनुदानमा उपलब्ध गराएको पिकअप भ्यानलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको जानकारी दिदै बाँकेमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले र बर्दियामा कृषि ज्ञान केन्द्र बाँकेले समन्वय गरेको जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंक संचालक समितिका सदस्य बिजया धितालले विपत्तिको बेला सबै संक्रमणबाट जोगिदै कृषि एम्बुलेन्समार्फत उपभोत्ताको घरदैलोमा पुराईएको नेपाली तरकारी उपयोग गर्न आग्रह गरीन । उनले बाँके बर्दियामा किसानका उत्पादन बिक्रि नभएको भए आफुहरुलाई जानकारी दिन समेत आग्रह गदै उनले किसानसंग खरिद गरेकै मुल्यमा उपभोक्तालाई बिक्रि गर्ने गरेको समेत जानकारी दिईन ।

यसअघि प्रदेश ५ का अन्य जिल्लाहरुमा पनि यस्तो सेवा सुरु गरिएको छ । जिल्ला सहकारी संघ, जिल्ला ज्ञान केन्द्र बाँके र कृषि मन्त्रालय प्रदेश ५ को सहकार्यमा यस्तो अभियान चलाईएको हो ।

शुक्रबार मात्र बर्दियाको किसानको खेतबाट १ हजार ५३ किलो टमाटर २ सय ९५ किलो खुर्सानी ६४ किलो फर्सी खरिद गरी नेपालगन्जमा खरिद दरमै बिक्री गरिएको छ । कृषि एम्बुलेन्स सञ्चालनको लागि खर्च ब्यबस्थापन ५ न प्रदेशको भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले गर्ने जनाईएको छ ।

Next Post

युवानेता केसीले राप्तीसोनारीका सबै वडालाई दिए राहत

१२ बैशाख २०७७, शुक्रबार १८:४७
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाइरस महामारीबाट बच्न आव्हान गरिएको लकडाउनको बिषम परिस्थितिमा बिपन्न तथा ज्यालादारी गर्ने समुदायलाई राहत सामाग्री वितरण गर्न काँग्रेस युवा नेता पोषण केसीले बाँकेको राप्तीसोनारी गाउपालिकाको ९ वटै वडामा ९५ क्वीन्टल चामल हस्तान्त्रण गरेका छन् । बाँके राप्तीसोनारी–१ निवासी काँग्रेसका युवा नेता केसीको समन्वयमा राप्तीसोनारी […]

सम्बन्धित