प्रदेश सांसद नमुनाद्वारा राप्तीसोनारी र नरैनापुरलाई राहत हस्तान्त्रण

११ बैशाख २०७७, बिहीबार ०८:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनको कारण प्रभावितलाई ५ नं. प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) को पहलमा राप्तिसोनारी गाउपालिकाको वाडा नं. ६, ७ र नरैनापुर गाउँपालिकालाई राहत हस्तान्तरण गरिएको छ ।

सांसद नमुनाले राप्तिसोनारीको वाडा नं. ६ र ७ मा ५०/५० प्याकेटज र नरैनापुरलाइ २ सय प्याकेज राहत हस्तान्तरण गरेकी छन । सो प्याकेजमा ५ किलो चामल, २ किलो पिठो, १ लिटर तेल, १ किलो नुन र १ किलो दाल गरेर जम्मा १ सय प्याकेज राप्तिसोनारी र २ सय प्याकेज नरैनापुर गाउपालिकालाई आफ्नै व्यक्तिगत तर्फबाट राहत हस्तान्तरण गरेकी हुन । सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तबको उपस्थिति रहेको थियो ।

सामाजिक सेवामा आफ्नो जीवन समर्पित गर्ने प्रदेस सांसद नमुनाले प्रदान गरेको राहत बुझ्दै नरैनापुर गाउपालिकाका अध्यक्ष इस्तियाक शाहले लकडाउनका कारण प्रभावितको चुलो बाल्नको लागि ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


त्यस्तै राप्तिसोनारी गाउपालिका वाडा नं. ६ का अध्यक्ष जनक थारु र ७ का अध्यक्ष रामलखन थारुले राहत बुझ्दै विपन्न र मजदुर वर्गको लागि यो राहतले मलम पट्टीको कामगर्ने बताउदै सांसद नमुनाको प्रशंसा गरेका थिए ।

यसअघि सांसद नमुनाको पहलमा शुरु भएको कोभिड– १९ रिलिफ फण्डबाट २० कुन्टल राहत स्वरुप चामल, दाल, आटा, तेल, नुन हस्तान्तरण गरिसकेकी छन् । आफ्नो चुनावी क्षेत्रमा पटक–पटक धाउने सांसद नमुनाले विश्व कोभिड– १९ विरुद्धको लडाइमा होमिएको बेला सरकारको निर्देशनलाई पुर्णतः पालना गरेर सावधानी आपनाउदै लकडाउनको पुर्णतः पालना गर्नुका साथै घरभित्रै बसेर कोरोनालाई हराउन सकिने भएकाले स्वास्थ संस्थाको निर्देशनलाई मानेर अघि बढ्न आग्रह गरिन । गुडन्युजखबरको सहयोगमा

Next Post

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

११ बैशाख २०७७, बिहीबार ०८:२१
सदरलाइनडटकम, नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा बुधवार राती भूकम्पको धक्का महशुस गरिएको छ । बैतडीसहित बझाङ र डोटीमा बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलब ८ रेक्टरस्केल बराबरको भूकम्पीय धक्का धक्काको महशुस गरिएको हो । उक्त भूकम्पको केन्द्र बझाङको सुनकुुडा आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक […]