सरकार–विप्लव वार्ता सकारात्मक

सदरलाइन संवाददाता १९ फाल्गुन २०७७, बुधबार ११:२६
 

काठमाण्डौ : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए। विप्लव समूहको वार्ता टोली मंगलबारनै काठमाण्डौ आइपुगेको थियो ।


वार्ता सकारात्मक भएको र फेरि बस्ने गरी सकिएको भट्टराईले जनाए । दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

Next Post

विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर सहयोग

१९ फाल्गुन २०७७, बुधबार ११:२६
जाजरकोट : तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कम्प्युटर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन १३ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीनवटा माध्यमिक विद्यालय, तीनवटा आधारभुत विद्यालय र सातवटा प्राथमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको अध्यक्ष शाहीले बताए । त्यस्तै, कम्प्युटर सञ्चालनका लागि १२ विद्यालयलाई […]

सम्बन्धित