बाँकेमा डेढ लाखको प्लाष्टिकका माला जफत

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १३:२२
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।

प्लाष्टिकका माला बिक्रीमा रोक लगाइए पनि अटेरी गरेर बिक्री गरिरहेको पाइएपछि प्रहरीले विभिन्न ठाउँमा छापा मारेर डेढ लाख रुपैयाँभन्दा बढीको माला प्रहरीले जफत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले प्लाष्टिकका माला बिक्री नगर्न नगराउन रोक लगाइए पनि अनुगमन गर्दा बिक्री गरिएको पाइएपछि खजुरा र नेपालगञ्जका विभिन्न स्थानबाट अवैध डेढ लाख बढीका प्लाष्टिकका माला जफत गरिएको बताए ।

उनले कोहलपुरमा पनि खुला रुपमा बिक्री भइरहेको सूचना आएकोले त्यहाँबाट पनि प्रहरीले अवैध माला जफत गर्ने बताए ।

स्थानीय रुपमा व्यवसायिक तरिकाले उत्पादन गरिएको विभिन्न फुलका माला प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


सहजताका लागि प्लाष्टिकका मालाको प्रयोग बढ्दै गएपछि गाउँघरमा उत्पादन गरिएका प्राकृतिक फूलका मालाहरुको बिक्री कम हुँदै गएको थियो । सोही कारणले कृत्रिम मालाको विक्रिमा रोक लगाइएको हो ।

यसैबिच कोहलपुर नगरपालिकाभित्र पनि प्लाष्टिकका माला बिक्रीवितरणमा रोक लगाइएकोमा खुल्लमखुला बिक्री भइरहेको पाइएको स्थानीयले जनाएका छन् ।

कोहलपुर बजारका न्युरोड, एनटिभी रोड, साझा चोक, गोलपार्कलगायत गल्ली–गल्लीसम्म प्लास्टिक मालाहरू व्यापारीहरूले निर्बाध रूपमा बिक्री गरिरहेको कोहलपुर ११ का सुरेश थापाले बताए । उनले प्लाष्टिकका माला विक्रि गर्न प्रतिबन्ध लगाएको सूचना मात्र निकालेर औपचरिकता पूरा गरिएकाले बजारमा विक्री नरोकिएको बताए ।

उता, इलाका प्रहरी कार्यालय कोहलपुरले भने सो बारेमा अनुगमन गरिरहेको जनाउँदै प्लाष्टिकका माला जफत गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लक्ष्मीपूजाका दिन बाँकेका तीन स्थानमा आगलागी

२७ कार्तिक २०८०, सोमबार १३:२२
नेपालगञ्ज : लक्ष्मीपूजाका दिन बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो । तीन स्थानमै पसलमा आगलागी भएको प्रहरीले बताएको छ । बाँकेको खजुरामा रहेको एक पसलमा […]