सदरलाइनडटकम,
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा सरकारले अपराधीलाई जोगाएको डा. गोविन्द केसीले आरोप लगाएका छन् ।
मंगलवार कञ्चनपुर पुगेर निर्मलाको न्यायका लागि जारी धर्नामा ऐक्यबद्धता जनाउँदै डा. केसीले अपराधीलाई जोगाउन सरकार मुकदर्शक बनेको आरोप लगाए ।
घटनाका दोषी पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नुपर्नेमा सरकारले उनीहरुकै संरक्षण गरेको डा. केसीको भनाई थियो । निर्मलाको घटनामा देशका सबै न्यायको पक्षमा रहेको बताउँदै उनले आफूले पनि न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
