संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालको बैठक

३० फाल्गुन २०७६, शुक्रबार २०:०७
 

सदरलाइन / लक्ष्मी तिमिल्सेना,
नेपालगञ्ज  : संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेको बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।

शुक्रबार बसेको सो बैठकले विभिन्न कार्यक्रमको घोषणासमेत गरेको छ । पीडितलाई उनीहरुको आर्थिक सशक्तिकरणका कार्यक्रम, घाइतेहरुलाई स्वास्थ उपचार लागि आर्थिक सहयोग र द्वन्द्व पीडितहरुको समस्या समाधानका निमित्त सरोकारवालाहरुसंग छलफल गर्ने कार्यक्रमहरु सो बैठकले घोषणा गरेको हो ।


द्वन्द्व पीडितहरुलाई आर्थिक उपार्जनका कार्यक्रमहरुबाट स्वोरोजगार बनाउनका लागि उनीहरुको आर्थिक सशक्तिकरणका कार्यक्रमहरु ल्याईएको सञ्जालका जिल्ला संयोजक चन्द्रकला उप्रेतीले जानकारी दिएकी छन् । यस्ता कार्यक्रहरुले उनीहरुको जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा उनले गरिन् ।

संक्रमणकालीन न्याय प्रकृयालाई सहयोग पुर्याउने लक्ष्यले गठन गरिएको उक्त सञ्जालले द्वन्द्व पीडितहरुको न्यायमा पहुँच बढाउने, द्वन्द्व पीडितहरुको सशक्तिकरण गर्ने, उनिहरुका आवश्यकताहरुलाई संबोधन गर्न स्थानीय सरकार तथा वडा कार्यालयहरुसंग समन्वय अनि पैरवि गर्ने र सेवा प्रदायक निकाय सम्म पीडितको पहँच बढाउने र पैरवी गर्ने उद्देश्य लिएको छ ।

Next Post

जमुनाहा नाका बन्द गर्ने कुरा ‘हल्लामात्र’

३० फाल्गुन २०७६, शुक्रबार २०:०७
सदरलाइनडटकम, नेपालगञ्ज : विश्वव्यापी फैलिएको नोबेल कोरोना भाईरसको त्रासका कारण नेपाल–भारत सीमा क्षेत्रको रुपैडिहा नाका बन्द हुने हल्लामात्र भएको स्थानीय प्रशासनले बताएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा वारपार गर्नेहरु कोरोना भाईरसको संक्रमण हुन नदिन उच्च सर्तकता अपनाईएको जानकारी दिदै जमुनाह नाका बन्द गर्ने हल्ला मात्र भएको […]

सम्बन्धित