मिस नेपाल २०२० को नेपालगञ्ज अडिसन ३० गते हुदै

२८ फाल्गुन २०७६, बुधबार १९:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : मिस नेपाल २०२० को नेपालगञ्ज अडिसन आगामी फागुन ३० गते हुने भएको छ । द हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० को नेपालगञ्ज अडिसन आउदो शुक्रबार हुने भएको हो ।

बुधबार मिस नेपाल २०२० को क्षेत्रीय संयोजक नेपालगञ्ज जेसिसले नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको छ ।

मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट ‘मिस नेपाल डटकम डटएनपी’ मा गएर आवेदन दर्ता गर्न सक्नेछन् ।


मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने नेपालगञ्ज जेसिसका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिए । नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने द हिडन टिजरका निर्देशक प्रमोद बंशाकारले जानकारी दिए ।

अडिसन नेपालगञ्ज, बुटवल, काठमाडौं सहित धनगढी, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने उनले बताए । आयोजकका अनुसार मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाडौं बोलाइनेछ ।

मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ । २०२० की मिस नेपालले २ लाख ५० हजार पाउनेछिन् ।

Next Post

कोहलपुर चौराहमा माईक्रोबस र अटो आपसमा ठोक्किदा एकको मृत्यु तीन गम्भीर

२८ फाल्गुन २०७६, बुधबार १९:४८
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर चौराह नजिकै जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी बिहिबार बिहान बिपरित दिशाबाट आएको माईक्रो बस र अटो एकआपसमा ठोक्कीदा एकको मृत्यु हुनुको साथै ३ घाइते भएका छन । उनीहरुको अवस्था गम्भीर छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बिहान ८ बजेको समयमा भे १ ख […]

सम्बन्धित