सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज चारवाहिनी चौकको व्यस्त सडकबाटै बुधवार दिउँसो मोटरसाईकल चोरी भएको छ । नेपालगञ्ज–१० निवासी अधिवक्ता रामचन्द्र घिमिरेको मोटरसाईकल आफनै ल फर्म अगाडी सडकबाटै चोरी भएको हो ।
कालो रंगको भे ५ प ४७५५ नं. को पल्सर मोटरसाईकल अपरान्ह ४ देखि ५ बजेको बीचमा चोरी भएको हो । अदालती काममा व्यस्त रहेका बेला अदालत नजिकै सडक किनारबाटै मोटरसाईकल चोरी भएको घिमिरेले बताए । मोटरसाईकल खोजीका लागि उनले सबैसँग सहयोगको अपील गरेका छन् ।
