एक लाखसहित दाङमा आठ जुवाडे पक्राउ

४ आश्विन २०७६, शनिबार १६:१२
 

सदरलाइनडटकम,
दाङ : जुवाको खालबाट झण्डै एक लाख रुपैयाँ नगदसहित दाङ प्रहरीेले ८ जुवाडेलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, बसपार्कमा रहेको सल्यानी होटलमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला सल्यान घर भएर हाल तुलसीपुरमा सल्यानी होटल सञ्चालन गरी बस्ने ३३ वर्षीय तेज बहादुर रावत, दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने ३० वर्षीय रमेश रावत छन् । त्यस्तै दाङ शान्तिनगरका २७ वर्षीय सुरेश चन्द, नेपालगञ्जका ४० वर्षीय छोट्टन राई, दाङकै बबई गाउँपालिकाका २४ वर्षीय नबिन बस्नेत, सल्यानका २६ वर्षीय यम बहादुर पुन, त्यसै ठाउँका २५ वर्षीय आदेश शाही तथा सल्यानको कपुरकोट घर भएका २९ वर्षीय को कृष्ण बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले जुवाको खालबाट नगद ९९ हजार ३ सय ७५ रुपैयाँ ९ थान मोबाइल तथा २ गड्डी तास समेत बरामद गरेको छ । उनीहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर आवश्यक कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

Next Post

संविधान कार्यान्वयनमा जोड दिँदै खजुरा

४ आश्विन २०७६, शनिबार १६:१२
सदरलाइनडटकम, खजुरा (बाँके) : नेपालको संबिधान २०७२ ले सबै जातजाती, धर्म, लिंग, वर्गको अधिकारलाई सुनिश्चित गरेपनि कार्यान्वयन पक्ष फितलो भएको बाँकेको खजुरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । संविधान दिवसको सन्दर्भमा खजुरा गाउँपालिकाले शनिवार आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सहभागीले संविधान कार्यान्वयनको पक्षमा भएका त्रुटी सच्याउँदै जनताका बीच पुग्नुपर्ने […]