भुमीआयोग मार्फत सुकुम्बासीका सबै समस्या समाधान गर्नेछ : मुख्यमन्त्री पोख्रेल

१८ फाल्गुन २०७६, आईतवार ११:३६
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके) : पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सरकारले भूमिहीन सुकुमबासी किसानलाई जमिन किनेर भए पनि बसोबासको लागि व्यवस्था मिलाउने तयारीमा रहेको बताएका छन् ।

बाँकेको बैजनाथ गाउपालिका वडा नंम्बर ६ सम्झनाचोकमा भुमिहीन किसानलाई जग्गाधनी पूर्जा बितरण गर्दै उनले सो कुरा बताएका हुन ।

मुख्यमन्त्री पोख्रेलले सरकारले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि राष्ट्रिय भुमिआयोग गठन गरी जमिनको सबै समस्या समाधान गर्दै भविश्यमा भूमि सम्बन्धित कुनैपनि समस्या उत्पन्न नहुने गरी काम गर्न सरकार जुटेको जानकारी दिए ।

स्थानीय लिलबहादुर खत्रीले लामो समयको प्रयासपछि स्थानीय सरकारको पहलमा आफुहरुले निशुल्क रुपमा जग्गाधनी पूर्जा पाउन सफल भएकोमा हर्षित हुँदै गाउमै सिंहदरबार आएको आफलाई महशुस भएको प्रतिक्रिया दिए ।


१० वर्ष अघि राजश्व तिरेर पनि पुर्जा पाउनबाट बञ्चित रहेका आफुहरुलाई स्थानीय सरकारले जग्गाको मालिक हुनु अनुभुति दिलाएको उनको भनाई छ ।

यसैगरी बैजनाथ ६ पार्वतीटोलका नहकुल खत्रीले २०२४÷०२५ सालतिर बुवाले जंगल फडानी गरेर बसोबास गरेको तर, हलसम्म जग्गाधनी पुर्जा नहुँदा अनेकन सास्ती खेप्नु परेकोमा स्थानीय सरकारले आफ्नै घरदैलोमै लालपर्जा उपलब्ध गराई दिदा अत्यन्तै खुशी भएको बताए ।

गाउपालिकाले वडा नं. ६ सम्झनाचोक, गररैटोल, पार्वतीटोलका ११३ घरघुरीलाई प्रकृया पुरागरी निशुल्क रुपमा जग्गाधनी पूर्जा उपलब्ध गराएको हो ।

गाउपालिकाका उपाध्यक्ष शारदा विक रेग्मीले सोही वडामा पहिलो चरणमा २८ वटा र दोस्रो चरणमा ११० वटा तोकिएको शुल्कतिरेर जग्गाधनी पुर्जा लिएको भएपनि स्थानीय सरकारको पहलमा निशुल्क रुपमा ११३ जनालाई अहिले पुर्जा बितरण गरिएको अझै ९१ जना लिने प्रकृयामा रहेका र १८० जना भुमिहीन सुकुमबासी कुनै प्रकृया मै नआएको जानकारी दिईन ।
गाउपालिकाका अध्यक्ष मानबहादुर रुचालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश पाँचका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, संविधान सभा सदस्य दिनेश चन्द्र यादव, दलबहादुर सुनारलगायतको सहभागिता रहेको थियो ।

Next Post

नेपालको लगातार दोस्रो हार

१८ फाल्गुन २०७६, आईतवार ११:३६
सदरलाइनडटकम, काठमाण्डौ : एसीसी टी २० इस्टर्न रिजनमा नेपाललले लगातार दोस्रो हार ब्यहोरेको छ । आइतवार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । यो हारपछि नेपालको शिर्ष दुईमा रहने संभावना निकै कमजोर बनेको छ । विश्व बरियतामा आफु भन्दा ११ स्थान तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङनै मुख्य […]