नदीमा हामफालेर महिलाले गरिन आत्महत्या

सदरलाइन संवाददाता ९ कार्तिक २०७८, मंगलवार १२:३१
 

राप्तीसोनारी (बाँके) : घरायसी झगडाको कारण राप्ती नदीमा हामफालेर बाँकेमा एक महिलाले अत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी–३ की २० वर्षिया दिपा थारुले गएराती २ बजे नदीमा हामफालेकी थिईन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले घरायसी बिवादमा दिपाले अगैयाको पुलमाथिबाट राती दुईबजे नदीमा हामफालेर आत्महत्या गरेको बताए ।

मृतक दिपाको शव बिहान मात्र फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साढेतीन लाखसहित ६ जना जुवाडे पिपरीबाट नियन्त्रणमा

९ कार्तिक २०७८, मंगलवार १२:३१
कोहलपुर (बाँके) : बाँके प्रहरीले मंगलबार बिहान १ बजेको समयमा कोहलपुरको पिपरीबाट ६ जना जुवाडेलाई साढे तीनलाख नगद र दुई गड्डी ताससहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले कोहलपुर नगरपालिका वडानं. ८ पिपरीस्थित रुद्रविर खडकाको घरको कोठामा केही […]