नुनको सही प्रयोगबारे नेपालगञ्जमा अभ्यास

१७ फाल्गुन २०७६, शनिबार १६:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको चिडिमार बस्तीमा नुनको सही प्रयोगबारे प्रयोगात्मक अभ्यास गराइएको छ । वडा नं. १२ स्थित उक्त बस्तीमा शनिवार भेरी नर्सिंङ्ग कलेजका छात्रा बिद्यार्थीहरुले स्थानीयलाई नुनको प्रयोगबारे प्रयोगात्मक अभ्यास गराएका हुन् ।
नेपाल साल्ट टे«डिङ्ग कर्पोरेशन नेपालगञ्ज र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजना गरिएको कार्यक्रममा कलेजका छात्राहरुले प्रयोगात्मक अभ्यास गरेर आयोडिन नुनको सही प्रयोग र महत्वबारे जानकारी गराएका हुन् ।
दुई बालबालिका चिन्ह भएको आयोडिन नुनको मात्र प्रयोग गरौं, आयोडिनको कमिबाट हुने शारीरिक तथा मानसिक कमजोरीबाट जोगिऔं भन्ने नाराका साथ फेब्रुअरी–२०२०, आयोडिन महिनाका रुपमा मनाइने क्रममा जनचेतनामुलक कार्यक्रम गरिएको नेपालगञ्ज उपमहानर स्वास्थ्य शाखाले जनाएको छ ।
अभ्यास अघि नेपालगञ्जमा र्यालीसमेत निकालिएको थियो । चिडिमार नेपालमा लोपोन्मुख तथा पछाडी परेको जातिको रुपमा रहेको छ ।

Next Post

कृषि क्याम्पसको मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन

१७ फाल्गुन २०७६, शनिबार १६:५६
सदरलाइनडटकम, खजुरा (बाँके) : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खजुरामा सञ्चालनमा आएको कृृषि क्याम्पसले एउटा नमुना मोडेल प्रस्तुत गर्नुपर्ने बताएका छन् । क्याम्पस सामान्य ज्ञान हासिल गर्ने थलोको रुपमा मात्र नभई इजरायली मोडेलमा बसेको खजुराको बस्तीमा इजरायल भन्दा कृषिमा राम्रो नमुना प्रस्तुत गर्ने विद्यार्थी उत्पादन गर्ने योजना बनाउनु […]