घोराहीमा घोडाको प्रतिमा अनावरण

१० फाल्गुन २०७६, शनिबार १५:५५
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा इतिहास झल्काउन घोडाको प्रतिमा राखिएको छ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १४ र १५ को सिमाना गुम्राह चोकमा दुईवटा घोडाको प्रतिमा राखेको हो ।
चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटलाई टेण्डरमार्फत २५ लाख रुपैयाँको लागतमा घोडाको प्रतिमा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । नशला ह्याण्डिक्राप्ट काठमाण्डौले घोडाको प्रतिमासहितको संरचना निर्माण गरेको हो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शनिवार घोडाको प्रतिमा अनावरण गरे ।
घोडाहरु पालन गर्ने क्षेत्र बिस्तारै बस्ती विकाससँगै शहरीकरण हुँदै गर्दा घोराही नामाकरण भएको जानकारहरुको भनाई छ । यस्तै तुलसीपुर चोक भन्दै आएको क्षेत्रमा पनि घोडाको प्रतिमा राखेर घोराही चोक नामाकरण गरिएको उपमहानगरले जनाएको छ ।

Next Post

भारतीयलाई लिन गएको विमानलाई चीनले उड्न नदिएको आरोप

१० फाल्गुन २०७६, शनिबार १५:५५
सदरलाइनडटकम, काठमाण्डौ : भारतले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई लिनका लागि पठाएको विमान चिनियाँ अधिकारीहरुले उडान अनुमति नदिँदा त्यहीँ अड्किएको छ ।   भारतीय अधिकारीका अनुसार विश्वका कयौँ देशले आफ्ना नागरिकको उद्धारका लागि विमान पठाइरहेका छन् ।   ती सबै देशका जहाज उड्न चीनले अनुमति दिइरहेको छ । तर भारतीयको […]