सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : सुर्खेतस्थित खानेपानी तथा सरसफाईका एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसी दुई लाख घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले प्राविधिक केसीलाई घुससहित पक्राउ गरेको हो ।
आयोगका अनुसार प्राविधिक केसीले नगरपालिकको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । केसीलाई घुससहित बिहीवार बेलुका पक्राउ गरिए पनि अनुसन्धान बाँकी रहेकाले शुक्रवार सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
