संघीयताको मर्म अनुसार काम गर्छौं–मुख्यमन्त्री गिरी

सदरलाइन संवाददाता २१ माघ २०७९, शनिबार १८:५४
 

 

दाङ्ग :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने– ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउन तर्फ प्रदेश सरकार लागि पर्नेछ ।’

संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन बिरोधी कार्य भएको बताए । ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयता माथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भने, ‘संघीयता बिरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हीत बिपरितको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’


संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै मुख्यमन्त्री गिरीले गाउँ गाउँसम्म र घर घरसम्म विकास र समृद्धि पु¥याएको बताए । ‘संविधानले तीनतहका सरकारको व्यवस्था गरेको छ । तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्न बनाउने काम गरेका छन्’– मुख्यमन्त्री गिरीले भने,–‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घर घरसम्म संघीयताले सुविधा पु¥याएको छ । जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको भन्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशबासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताए ।

लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री गिरीले भने,–‘हामीसँग धेरै सम्भावनाहरु छन् । चुनौति पनि त्यत्तिकै छन् । चुनौतिका बीचबाट सम्भावनाको खोजीगर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ ।’

समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै मुख्यमन्त्री गिरीले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताए । पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको बताए । ‘बितेका पाँच वर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे । भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ । ८४ वटा विधेयक बनेका छन्’, मुख्यमन्त्री गिरीले भने,–‘आगामी दिनमा पनि यो गतिलाई निरन्तररुपमा अगाडि बढाउनु पर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीले रुपन्देहीबाट बरामद गर्यो साढे १३ क्विन्टल गहुँसहित कपडा

२१ माघ २०७९, शनिबार १८:५४
रुपन्देही :  सशस्त्र प्रहरीले रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्उदै गरेको अवस्थामा ठूलो परिमाणमा अबैध गहुँसहित विभिन्न सामाग्री बरामद गरेको छ । जिल्लाका विभिन्न सिमा नाकाबाट सशस्त्र प्रहरी बलनं. २७ गण अन्तर्गतका बिओपीको टोलीले भारतबाट भन्सार छलेर ल्याउदै गरिएका २ लाख ७९ हजार ५ सय रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको […]

ताजा अपडेट