सदरलाइनडटकम,
बैतडी : एक लाख रुपैयाँ घुससहित बैतडीमा एकजना इञ्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इञ्जिनियर सुरेशराज भट्ट घुससहित बुधवार पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका सूचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिए । अख्तियारका प्रहरी निरीक्षक बिनोद श्रेष्ठ नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
