सदरलाइनडटकम,
नेपालगञ्ज : आगामी चैत्रमा हुने नेपाल प्रेस युनियको केन्द्रीय महाधिवेशनलाई लक्षित गरी मंगलवार नेपालगञ्जमा सचिवालय स्थापना गरिएको छ ।
युनियनको चैत्रमा हुने ९ औं महाधिवेशनलाई लक्षित गर्दै नेपालगञ्जको सुर्खेतरोडस्थित वेष्टर्न विजनेस कम्पलेक्समा युनियका अध्यक्ष बद्रि सिग्देलको उपस्थितिमा सचिवालय स्थापना गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन नहुने बताए । जिल्लास्तरबाट महाधिवेशनका लागि तयारी तीब्ररुपमा अगाडी बढेको र मंगलवारै महाधिवेशनका लागि कमिटिसमेत गठन गरिने प्रेस युनियनका उपमहासचिव प्रेम केसीले जानकारी दिए । महाधिवेशन चैत्र २१ र २२ गते नेपालगञ्जमा हुँदैछ ।
