प्रधानमन्त्री रोजगारका कामदारले लगाए नगरपालिकामा ताला

सदरलाइन संवाददाता २५ श्रावण २०७८, सोमबार १८:५०
 


कालिकोट  : कालिकोट जिल्लाको रास्कोट नगरपालिका कार्यालयमा वडा नम्बर ५ का स्थानीयवासिले तालाबन्दी गरेका छन । प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीयहरुले ४५ दिनको काम गरेको तर, घटाएर ३० दिनको हाजिरीको रकम दिएको भन्दै वडा नम्बर ५ का स्थानीयले नगरपालिका र वडा कार्यालयमा ताला लगाएका हुन ।

उनीहरुले आफुले ४५ दिन काम गरेको तर कामको मूल्याङ्कन हचुवाको तालमा गरेर १५ दिनको पारिश्रमिक नदिने नियत बनाएको भभ्दै हाजिर अनुसारको पारिश्रमिक नपाएसम्म नगरपालिकामा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन ।


यसैबीच रास्कोट नगरपालिकाले कामदारको हाजिर ४५ दिन भएपनि काम पुर्णरुपमा सम्पन्न नभएको भन्दै काम अनुसारको रकम खातामा हालिदिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश

२५ श्रावण २०७८, सोमबार १८:५०
काठमाण्डौ  : सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको वेवसाइटमा उल्लेख भए अनुसार अधिवक्ता प्रवेश केसी र आयोगका अध्यक्ष देवी ज्ञवालीले दिएका छुट्टाछुट्टै रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार यस्तो आदेश गरेको हो । दुवै रिटमा सो इजलासले एउटै वेहोराको […]