जमुनाहाबाट ब्राउनसुगरसहित युवक पक्राउ

सदरलाइन संवाददाता १३ माघ २०८०, शनिबार १४:४५
 

नेपालगञ्ज : जमुनाहा नाकाबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको रुपईडिहाबाट जमुनाहा नाका हुँदै नेपालगञ्ज आउँदै गरेका सुर्खेतका २१ वर्षीय राज वलीलाई नेपालगञ्ज–१५ जमुनाहा चेकपोष्टबाट इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध ब्युरोको संयुक्त टोलीले २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।


प्रहरीको टोलीले शंका लागेर वलीलाई चेकजाँच गर्दा उनको जुत्ताबाट २ ग्राम ब्राउनसुगर र २ थान मोबाइल बरामद गरेको हो ।

पक्राउ परेका वलीसंग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पैसा खाएर भागेका योगीलाई खोज्दै पीडित

१३ माघ २०८०, शनिबार १४:४५
नेपालगञ्ज : सुर्खेतका होमनाथ योगी बाँकेका नौजना युवासँग पैसा लिएर फरार भएका छन् । दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख पचास हजार रुपैयाँसम्म लिएका योगी सम्पर्कविहीन भएपछि खजुरा गाउँपालिका वडा नं. ४, ईगाउँका नौ जना रन्थनिएका छन् । योगीले दुबईको बलदिया कम्पनीमा पठाइदिने भन्दै पैसा लिएका थिए । […]