लायन्सका संस्थापकको जन्मोत्सवमा विभिन्न कार्यक्रम गरिँदै

सदरलाइन संवाददाता २० पुष २०८०, शुक्रबार १७:५२
 

नेपालगञ्ज : लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनले लायन्सका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सव पारेर सप्ताहब्यापी सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्दैछ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बाँके र बर्दियामा पुस २२ गतेदेखि सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम हुन लागेका हुन् ।

नेपालगञ्जमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पुष २२ गतेदेखि २८ गतेसम्म गरिब र विपन्नहरुलाई मध्यनजर गरेर महिला क्यान्सर सम्बन्धि परीक्षण, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर (आँखा, कान, घाँटी, मधुमेह, दन्त, एचआइभी), खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, सर्जिकल र औषधि वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिप लगायतका कार्यक्रमको आयोजना गरिएको १४५औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रम संयोजक सरिता शाक्यले जानकारी दिइन् ।

लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था हो । सन् १९१७ सालमा लायन्सका संस्थापक मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आवद्ध छन् । १ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल छ । नेपालमा करिव ५० हजास सदस्यहरु लायन्स क्लब इन्टरनेशनलमा आवद्ध छन् ।


विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्म सन् १३ जनवरी १८७९ मा भएको हो । लायन्सले काम गर्ने मुख्य ६ वटा क्षेत्र क्यान्सर, भोकमरी, वातावरण, दृष्टि, युवा, मानवियता तथा फेलोसिप र अन्य सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखेर मेल्बिन जोन्स डे मनाउने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट गभर्नर मुकुट ढकाल, पूर्व डिस्ट्रिक्ट गभर्नर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, डिस्ट्रिक सेक्रेटरी उमा थापा मगर लगायतको उपस्थिति थियो । अग्रज लायन्सकर्मीहरुले लायन्सले गरिरहेका काम तथा आगामी योजनाबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा ४८ जनामा हात्तीपाइले रोगको जिवाण फेला

२० पुष २०८०, शुक्रबार १७:५२
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु फेला परेको छ । तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल […]