कास्की सेवा समाजमा पुनः सुवेदी

२६ माघ २०७६, आईतवार ०९:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विभिन्न पेशा व्यावसाय तथा बसाईसराई गरी कास्की जिल्लाबाट बाँके जिल्लामा आएर बसोबास गरेका कस्केली बन्धुहरुको कास्की सेवा समाज बाँकेको तेस्रो वार्षिक साधारणसभाले डम्बराज सुवेदीको अध्यक्षतामा पुन नयाँ कार्यसमिति चयन गर्दै दोस्रो अधिबेशन सम्पन्न गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कास्की सेवा समाजद्वारा निकालेको माछापुच्छ्रे स्मारिका पनि विमोचन गरिएको थियो ।
साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा सुवेदी सालिकराम लम्साल बरिस्ठ उपाध्यक्ष, भरतबहादुर रानाभाट उपाध्यक्ष , होमनाथ गिरी सचिव, तोजिन्द्रबहादुर बिक कोषाध्यक्ष , डा. ढकनाथ सापकोटा सहसचिव र सदस्यहरुमा रामचन्द्र त्रिपाठी, ईन्दु अधिकारी, अछरी पोख्रेल, टिकाराम देवकोटा, बिनोद कुमार पौडेल, चक्रपाणी पौडेल, टंकनाथ पौडेल र कृष्णराज पौडेल सहितको १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले गठन गरिएको छ ।
समाजले विभिन्न सामाजिक कार्य गर्नुको साथै कास्कीबाट जुनसुकै उद्देश्यमा बाँके आएका कस्केलीहरुको आफ्नो रहन सहन संस्कृतीको जगेर्ना गर्नको लागि महत्वपूर्ण भुमिका निभाउने विश्वास गरिएको छ ।

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघमा नयाँ कार्यसमितिको पदभार ग्रहण

२६ माघ २०७६, आईतवार ०९:४६
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उद्योग बाणिज्य संघको नव निर्वाचित कार्यसमितिले शनिबार सपथ ग्रहणसंगै पदभार ग्रहण गरेको छ । सो अवसरमा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ सहित विजयी सबै पदाधिकारी र कार्यसमिति सदस्यहरुले पद तथा गोपिनयताको सपथ ग्रहण गरेका हुन । यसैगरी उपाध्यक्ष उद्योग आदेशकुमार अग्रवाल उपाध्यक्ष वाणिज्य अमित बस्नेत, […]