भिजन टेलिभिजनलाई पत्रकारको तलब दिन महसंघको ताकेता

२९ फाल्गुन २०७६, बिहीबार १९:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेले सञ्चारकर्मीलाई लामो समयदेखि पारिश्रमिक नदिएको एक सञ्चार संस्थालाई ध्यानाकर्षण पत्र पठाएको छ ।

महासंघ बाँकेको पारिश्रमिक कार्यान्वयन समितिका संयोजक तथा बाँकेका उपाध्यक्ष प्रदीप वाग्लेद्वारा जारी प्रेसनोटमा सथानीय भिजन सञ्चार सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित भिजन टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भगतराम थारु, रबिन्द्र सिंह ठकुरीलगायतले लामो समयको पारिश्रमिक प्रति ध्यानाकर्षण गराईएको छ ।

‘पीडित पत्रकारहरुले नेपाल पत्रकार महासंघ बाँके शाखामा उजुरी दिएको र सो बिषयमा टेलिभिजनका अध्यक्ष डा. सुरेशकुमार कनौडियालाई महासंघको टोलीले भेटेरै अवगत गराउनुका साथै सो टेलिभिजनका प्रबन्ध निर्देशक श्रीराम सिग्देलसंग समेत पटक–पटक भेट गरेर तथा टेलिफोनमा जानकारी गराउँदा समेत सञ्चारकर्मीहरुको पारिश्रमिक उपलब्ध गराउनतर्फ कुनै पहल नगरेको प्रति महाँसघ बाँके गम्भीर भएको छ’ प्रेसनोटमा उल्लेख गरिएको छ ।


नेपाल पत्रकार महाँसघ बाँकेले टेलिभिजन व्यवस्थापनलाई ७ भित्र सम्पुर्ण सञ्चारकर्मीहरुको बाँकी रहेको पारिश्रमिक उपलब्ध गराउनका लागि अनुरोध पत्र काटिएको संंयोजक वाग्लेले जानकारी दिए ।

‘सो टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरुको पारिश्रमिक उपलब्ध गराउनतर्फ पहलकदमी अगाडि नबढाईएमा नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाईमा श्रम अदालतमा मुद्दा दिनुका साथै थप अन्दोलनका कार्यक्रमहरु अगाडि नेपाल पत्रकार महाँसघ बाँके बाध्य हुने अबगत गराउन चाहान्छौ’ प्रेस नोटमा उल्लेख छ ।

Next Post

‘सौन्दर्य प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा देशको प्रतिनिधित्व हुन्छ’

२९ फाल्गुन २०७६, बिहीबार १९:०३
मिस नेपाल सौन्दर्य प्रतियोगिता सन २०१९ को सबटाईटल ‘मिस सुप्रानेश्नल’को उपाधि रोज लामाले  जितेकी थिईन् । उनी मिस नेपाल सौन्दर्य प्रतियोगिताको २५ औ संस्करणकी ‘मिस सुप्रानेश्नल’ हुन् । यतिबेला मिस नेपाल सौन्दर्य प्रतियोगिताको २६ औ संस्करण सुरु हुनलागेको छ । यसै सिलशिलामा नेपालगञ्ज आईपुगेकी २१ वर्षकी रोज लामासंग गरिएको अंतरंग […]

ताजा अपडेट