जग्गाधनीद्वारा टायर बालेर नेपालगञ्जमा प्रदर्शन

२२ माघ २०७६, बुधबार १३:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सरकारले ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने तयारी गरेपछि बाँकेको जानकी गाउँपालिकाका स्थानीयले आन्दोलन तीब्र पार्न थालेका छन् । जानकी वडा नं. ३ स्थित रहेको उक्त जग्गा मन्दिरको भएको भन्दै सरकारले जग्गा खोस्न तयारी गरेपछि जग्गाधनीहरुले आन्दोलनलाई तीब्रता दिएका हुन् ।
जग्गाधनीहरुले सरकार बिरोधी नारा लगाउँदै बुधवार नेपालगञ्ज उपमहानगरपालिकाको मुल ढोकामा टायर बालेर बिरोध जनाएका छन् । सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि जग्गाधनीहरुले आन्दोलन शुरु गरेका हुन् ।
उनीहरुले भोग गर्दै आएका व्यक्तिको जग्गाबारे सत्यतथ्य बुझेर मात्र निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् । सदियौंदेखि तिरो तिरिरहेको जग्गा कसरी गुठीको भयो भन्दै जग्गाधनीहरुले आक्रोश पोखेका छन् । सरकारले आफ्नो निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् ।

Next Post

कोरोना भाइरसबाट मर्नेको संख्या ४२५ पुग्यो

२२ माघ २०७६, बुधबार १३:२३
सदरलाइनडटकम, काठमाण्डौ : हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएसँगै चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको वुहानबाट फर्किलगत्तै ती व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । चीन बाहिर कोरोना भाइरसका कारण मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । […]