सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटस्थित एक गाउँपालिकाका अध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको हो ।
विभिन्न उपभोक्तामार्फत सम्पन्न भएको सडक निर्माणको रकम भुक्तानीका लागि विलभरपाई पेश गर्दा घुस मागेको सूचनाका आधारमा केसीसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
दुबै जनालाई विरेन्द्रनगर नगरपालिका वडा नं. ७ कटकुवा हेल्थपोष्ट नजिकबाट शुक्रवार अपरान्ह सुर्खेतबाट पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Next Post
नरैनापुरमा अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप सुरु
१० माघ २०७६, शुक्रबार १८:२१
सम्बन्धित
-
२५ फाल्गुन २०८०, शुक्रबार १५:३१
एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माण अन्तिम चरणमा
-
२८ असार २०७९, मंगलवार १४:४९
कम समयमा नतिजा देखिने गरी काम गर्छु : मन्त्री राई
-
४ मंसिर २०७४, सोमबार २०:५५
बाँकेका युवाका लागि तीनदिने मानव बेचबिखनबिरुद्ध तालिम
-
१४ चैत्र २०७८, सोमबार १५:३३
नेपालगञ्जको एक मेडिकलमाथि कारबाही
-
११ जेष्ठ २०७९, बुधबार १४:५१
जमुनाह हेल्थ डेस्कद्वारा ८५ हजार ५ सयको कोरोना परिक्षण
-
२६ माघ २०७६, आईतवार ११:०९
नेपालगञ्ज उद्योग बाणिज्य संघमा नयाँ कार्यसमितिको पदभार ग्रहण