नौ ग्राम ब्राउन सुगरसहित शाह पक्राउ

२६ पुष २०७६, शनिबार १५:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सीमापारीको रुपैडिहाबाट प्रतिबनिधत लागू औषध बोकेर आएका बाँके राप्ती सोनारी–९ घर भई हला कोहलपुर–१२ बस्दै आएका २५ वर्षिय रुद्र शाह ९ ग्राम ब्राउन सुगरसहित बाँके प्रहरीको फन्दामा परहेका छन् ।

उनलाई शनिबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले जमुनाहबाट नियन्त्रणमा लिएको हो ।


उनलाई बरामदी मुचुल्का गरी आवश्यक अनसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।

Next Post

‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले दर्ता गरायो उम्मेदवारी

२६ पुष २०७६, शनिबार १५:०८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले उम्मेदवारी दर्ता गराएको छ । समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिज्य संघको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो । जुलुसमा बाणिज्य संघका बर्तमान अध्यक्ष नन्दलाल बैश्य, पूर्व अध्यक्ष तथा […]

सम्बन्धित