सदरलाइनडटकम,
दाङ : सल्यानमा मालबहाक ट्रक दुर्घटना भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना ४ ख ८८७० नम्बरको ट्रक शुक्रवार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झन्डै एक मिटर तल खस्दा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षीय रविन विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।
