सदरलाइनडटकम,
बझाङ : भलिबल खेल्दा विवादपछि भएको झडपमा बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ५ का १८ वर्षीय आनन्द विकको ज्यान गएको छ । आइतवार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताए ।
घाइते विकको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको सोमवार बिहान अत्तरिया पुग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्न दुवैजना फरार रहेको डीएसपी धिताले बताए । दुवै जनाको खाजी भईरहेको छ ।
