सैन्य कमाण्डर हत्या गर्ने अमेरिकासँग बदला लिने इरानको चेतावनी

१९ पुष २०७६, शनिबार १३:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकाले गरेको हवाई आक्रमणमा आफ्ना उच्च सैन्य कमाण्डरको ज्यान गएपछि इरानले त्यसको कठोर बदला लिने बताएको छ । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिकाले कठोर बदलाको सामना गर्नु पर्ने बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलमा भएको हवाई आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको ज्यान गएको थियो ।
मेजर जनरल सुलेमानीको मृत्युसँगै इरानसहित मध्य पूर्वमै तनाव उत्पन्न भएको छ । अमेरिका र इरानबीचको सम्बन्धमा थप टकराव ल्याउने र युद्दको अवस्था आउन सक्ने देखिएको विश्लेषण छ । (एजेन्सी)

Next Post

इरानका सैन्य कमाण्डरको हत्यापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

१९ पुष २०७६, शनिबार १३:५९
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो । इराकको राजधानी बग्दादमा शुक्रवार अमेरिकाले गरेको आक्रमणमा इरानी सेनाको विशेष दस्ता […]