सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।
इराकको राजधानी बग्दादमा शुक्रवार अमेरिकाले गरेको आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि तेलको भाउ बढेको हो । विश्लेषकले अमेरिकी आक्रमणपछि क्षेत्रीय तनाब बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्द शुरु गर्न नभई बन्द गर्न सुलेमानीको हत्या गरेको प्रतिक्रिया दिएका छन् । पेन्टागनले आक्रमणलाई प्रतिरक्षा कदम भनेको छ । (एजेन्सी)
