अत्यधिक रक्तश्रावले एक महिने सुत्केरीको मृत्यु

सदरलाइन संवाददाता १५ बैशाख २०८०, शुक्रबार १५:४८
 

नेपालगञ्ज : सल्यानमा एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका–५ कालागाउँकी ३० वर्षीया एक महिने सुत्केरी गीता विकको मृत्यु भएको हो ।

विकलाई उपचारको लागि सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सल्यान जिल्ला अस्पतालका इन्चार्ज डाक्टर अभिषेक सिंहले जानकारी दिए । उनका अनुसार विक एक महिनाअघि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् ।

१५ दिनअघि रक्तस्राव भएपछि रगत चढाएपछि केही ठिक भएकी गीतालाई केही दिनदेखि पुनर रक्तस्राव भएको र समयमै अस्पताल पु¥याउन नसकेकै कारण मृत्यु भएको डा. सिंहको भनाइ छ ।


सल्यानमा अहिलेसम्म ब्लड बैंक नहुँदा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत स्थानीयको भर पर्नु पर्ने बाध्यता रहेको छ ।

अत्यधिक रक्तस्रावकै कारण दार्मा गाउँपालिकाकी एक महिनाअघि एक महिलाको उपचार गर्न नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी, सास फेर्न समस्या

१५ बैशाख २०८०, शुक्रबार १५:४८
बर्दिया : झण्डै दुई हप्तायता बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका जङ्गलभित्र आगलागी हुँदा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । बर्दिया निकुञ्जभित्र जङ्गलमा लागेको आगोका कारण निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँबस्ती धुवाँले ढाकेको छ । धुवाँका कारण आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने, निकुञ्जभित्र रहेको पूर्व पश्चिम […]

सम्बन्धित