बाँकेमा चट्टयाङ्गका कारण पाँच घाइते

१८ पुष २०७६, शुक्रबार १०:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  शुक्रबार बिहान परेको चट्टयाङ्गका कारण बाँकेमा पाँचजना घाइते भएका छन् भने चट्टयाङ्ग लागेर एक चौपायको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीले दिएको जानकारी अनुसार शुक्रबार बिहान करिव  पौने पाँच बजेतिर  नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षिय गुरुदिन खटिकको घरमा चट्टयाङ्ग पर्दा गुरुदिनसहित एकै परिवारका पाँच जना घाइते भएका हुन ।


चट्टयाङ्ग लागेर ५५ वर्षिया श्यामकला खटिक, ४५ वर्षिय, राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक, र ४ बर्षिय सुबी खटिक घाइते भएको र उनीहरु सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

चट्टयाङ्ग लागेर गुरुदिनको घरमा पालेरको बंगुर मरेको प्रहरीले जनाएको छ ।

Next Post

बालबिबाह अन्त्यका लागि जुझारु किशोर किशोरी

१८ पुष २०७६, शुक्रबार १०:२८
नेपाल बालविवाह हुने दक्षिण एशियाली देशहरु मध्ये तेस्रो स्थानमा पर्छ । २०६८ को जनगणनाको तथ्याङकले नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखाएको छ । त्यसैगरी नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११(एनडिएचएस) ले नेपालका २० वर्षदेखि २४ वर्ष उमेर समुहका ४१ प्रतिशत महिलाको विवाह […]