पाँच नम्बर प्रदेश सरकारले एसईईको नतिजा सुधार्न गणित र विज्ञानको विषेश कक्षा सञ्चालन गर्दै

१५ पुष २०७६, मंगलवार १३:२८
 

सदरलाइन / रुद्र सुवेदी
नेपालगञ्ज  :  पाँच नंम्बर प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयले माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि विषेश कक्षा सञ्चालन गर्ने भएको छ ।
शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा प्रदेश नंम्बर पाँचका परीक्षार्थीले गणित र विज्ञानमा अत्यन्तै नाजुक नतिजा ल्याएको पाईएपछि प्रदेश सरकारले चालु शैक्षिक सत्रदेखि यस्तो अभियान सुरु गर्ने भएको हो ।
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यार्थीको मुल्याङ्कनको आधार मानिएको एसईई परीक्षाको नतिजा अनुसार पाँच नंम्बर प्रदेशका विद्यार्थीको गणित र विज्ञानमा अवस्था अत्यन्तै नाजुक रहेको पाईएकोले सो नतिजामा सुधार ल्याउने उदे्श्यले प्रदेशका सबै विद्यालयमा विषेश कक्षा सञ्चालन गरिने तयारी भएको जानकारी दिए ।
उनले भने–‘प्रदेशमा गणित र विज्ञानको नतिजा खास गरी प्रवेशिका एसईईको नतिजा हेर्दा ५८ प्रतिशत भन्दा पनि अत्यन्तै न्यून रहेको पाईएकोले सो नतिजा सुधार गर्नको लागि विषेश कक्षा सञ्चालनको तयारी गरेका छौ ।’
उनले प्रदेशमा सञ्चालनमा रहेका सबै ९ सय ८८ वटा सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत ६१ हजार २ सय ९४ विद्यार्थीको शैक्षिक अवस्था सुधार ल्याउनका लागि १ हजार ९ सय ७६ शिक्षक परिचालन गरिने योजना रहेको बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले प्रदेशको प्रवेशिका एसईईको नतिजा गणित र विज्ञानको अत्यन्तै न्यून हुँदा प्रविधिक शिक्षा ईन्जिनियरिङ्ग, चिकित्सा क्षेत्र जस्तो विषय पढ्नको लागि प्रतिष्पर्दा गर्न नसक्ने भएको कारणले विषेश कक्ष सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।
उनले भने–‘ प्रदेशको सामुदायिक विद्यालयका बालबालिकाहरुको गणित र विज्ञानको नतिजाको कारण उनीहरु प्राविधिक शिक्षा अध्ययन गर्नको लागि स्कोर नपुग्ने तथा उनीहरुले पढ्नै नपाउने अवस्था आएकोले विषेश कक्षा सञ्चालन गर्ने योजना हो ।’ उनले यो कार्यक्रम कक्षा ८ देखि नै सञ्चालनमा ल्याउने तयारी भएका जानकारी दिए ।
शैक्षिक विकास तथा अनुसंन्धान महाशाखाका उपसचिव थानेश्वर ज्ञवालीले प्रदेश सरकारले यसवर्ष एसईईमा सहभागि हुने र आगामी वर्षको लागि कक्षा ८ र ९ मा अध्ययन गरि रहेका विद्यार्थीलाई लक्षित गरी गणित विज्ञान समाजको सहयोगमा विषेश कक्षा सञ्चालन गरिने बताए ।
पाँच नंम्बर प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशको माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि संघिय सरकारसंग १० करोड माग गरिएको भए पनि ५ करोड उपलब्ध भएपछि सो कार्यक्रम सुरु गर्न लागिएको हो ।
२०७५ सालको एसईईमा प्रदेशको नतिजा अनुसार गणितमा ३७ प्रतिशत बालबालिकाले ई ग्रेड ल्याएको र ६० प्रतिशतले डि ग्रेड नतिजा ल्याएका छन । यसैगरी विज्ञानमा पनि अपेक्षा अनुसारको नतिजा नभएपछि अभियानकै रुपमा लैजाने थालिएको शैक्षिक विकास तथा अनुसंन्धान महाशाखाका उपसचिव ज्ञवालीले जानकारी दिए । उनले विज्ञान र गणितका शिक्षकलाई ओरेन्टेशन गरेर कक्षा सुरु गरी कम्तिमा पनि २० प्रतिशत मुनी भार्ने लक्ष लिएको बताए ।

Next Post

गुरुङ समुदायद्वारा तमु ल्होसार मनाईंदै

१५ पुष २०७६, मंगलवार १३:२८
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ […]