सोमालियामा कार बम बिस्फोट, २० जनाको मृत्यु

१२ पुष २०७६, शनिबार १६:०५
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफ्रिकी देश सोमालियामा कार बम बिस्फोट हुँदा २० जनाको ज्यान गएको छ । राजधानी मोगादिसुको व्यस्त क्षेत्रमा शनिवार बिहान बिस्फोट भएको हो । मोगादिसुको चेकपोइन्टमा भएको बिष्फोटमा २० जना भन्दा बढीको मृत्यु भएको पुष्टि प्रहरी अधिकारी इब्राहिम मोहम्मदले गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
सोमालियामा अल–कायदा सम्बद्ध अल–शबाबले विगत १० वर्ष भन्दा बढी समयदेखि हिंसात्मक गतिविधि गर्दै आएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । (एजेन्सी)

Next Post

मानवअधिकारका लागि नीतिगत व्यवस्था हुनुपर्नेमा जोड

१२ पुष २०७६, शनिबार १६:०५
सदरलाइनडटकम, डुडुवा (बाँके) : स्थानीय तहमा मानवअधिकार संरक्षण तथा प्रबद्र्धनका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रमअन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले शनिवार डुडुवा गाउँपालिकाका कर्मचारीहरुको जिम्मेवारी भुमिका र मानवअधिकार मापदण्डबारे आयोजित अभिमुखीकरणमा मानवअधिकारका सवाललाई सम्बोधन गर्न नीतिगत व्यवस्थाको आवश्यकता रहेको बताइएको […]

सम्बन्धित