नेपालगञ्जमा हाम्रो सम्मान परियोजना

६ पुष २०७६, आईतवार १८:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मानव बेचबिखन विरुद्धको अभियान संचालनका लागि नेपालगञ्ज उपमहानगरपालिकामा हाम्रो सम्मान परियोजना सञ्चालन भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नगरस्तरीय समितिको आइतवार बसेको बैठकले नेपालगञ्जका १४ वटा वडालाई परियोजना सञ्चालनका लागि छनौंट गरेको छ ।
विनरक इण्टरनेशनलले नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन गरेको हो । विनरकका कमला पन्तले परियोजनाअन्तर्गत पहिलो चरणमा मानव बेचबिखन तथा ओसारपसार कार्य नियन्त्रण ऐनले तोकेको संरचना बनाउँदै थप कार्यक्रम सञ्चालन गर्नु परियोजनाको मुख्य काम भएको बताइन् । मानव बेचबिखन र लैंगिक हिंसाको जोखिम लगायतलाई मापदण्ड बनाएर वडा छनौट गरिएको उनले बताइन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं समितिका संयोजक डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले बैठकले मानव बेचबिखन नियन्त्रणका लागि सबैपक्षबीच सहकार्य र समन्वय आवश्यक भएकोमा जोड दिए । बैठकमा कार्ययोजनासमेत अनुमोदन गरिएको छ ।
कार्ययोजनाअनुसार, वडा समितिलाई अनुशिक्षण दिने, नीति तथा कानुन तर्जुमा गर्ने, स्थानीय समिति गठन गर्ने, सहायता कोष गठन गर्ने, तथ्यांक संकलन गर्ने लगायतका कार्यक्रम छन् । यो परियोजना बाँकेको नेपालगन्जसहित कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा पनि कार्यान्वयनमा छ ।

Next Post

नेपालगञ्जमा युवा सूचना केन्द्र सञ्चालित

६ पुष २०७६, आईतवार १८:३०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा महेन्द्र युवा सूचना केन्द्र सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ स्थित महेन्द्र पुस्तकालयमा उक्त युवा सूचना केन्द्र सञ्चालनमा आएको हो । सूचना केन्द्रको आइतवार नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरे । नेपालगञ्ज उपमहानगरपाालिका वडा नं. ८, सेफ द चिल्ड्रेन र सामाजिक […]