बाँकेको डुडुवामा शिक्षकद्वारा तलब निकासाको माग गर्दै शाखामा तालाबन्दी

सदरलाइन संवाददाता ७ आश्विन २०७९, शुक्रबार १९:०९
 
फाईल फोटो

डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउपालिकाका अन्तरगतका सामुदायिक विद्यालयका शिक्षकहरुले आफुहरुको मासिक तलब निकासा नभएको भन्दै पालिकाको शिक्षा शाखामा तालाबन्दी गरिदिएका छन् ।

विजयादशमी जस्तो पर्व नजिकिदै गर्दासमेत पालिकाबाट विद्यालय शिक्षकको तलव निकासाको पहल नगरेको भन्दै शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतको अगुवाईमा शिक्षा शाखामा तालाबन्दी गरिएको हो ।


लामो समयदेखिको राजनीतिक खिचातानीको कारण पालिकाको गाउसभा समेत बस्न नसकेको अवस्थामा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले आफुले पाउनु पर्ने नियमित तलब लामोसमयदेखि नपाएको र पाउने छाँटसमेत नदेखिएपछि तालाबन्दी गर्नुपरेको स्थानीय शिक्षकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज वडा नम्बर ४ द्वारा सरसफाईलाई निरन्तरता

७ आश्विन २०७९, शुक्रबार १९:०९
नेपालगञ्ज : नेपालगञ्जको वडा नम्बर ४ ले निरन्तर विशेष सरसफाई अभियान चलाइरहेको छ । शनिवार एघारौं हप्तामा पनि सरसफाई अभियानलाई निरन्तरता दिइएको छ । विहान सल्यानीबंगला र एबिसी टोलमा सरसफाई गरिएको छ । वडा अध्यक्ष, सदस्य, वडाका अगुवा, टोलबासी मिलेर सरसफाई गरेका हुन् । नाला र सडकको फोहर संकलन गरेर […]

ताजा अपडेट