प्रचण्डपत्नी सीता उपचारका लागि हरिद्वारमा

४ पुष २०७६, शुक्रबार १६:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगिएको छ । प्रचण्ड र सीताकी छोरी गंगा दाहालले आमालाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि लगिएको जानकारी दिएकी हुन् ।
गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सीता र आफु योगपीठका बाबा रामदेव र आचार्य बालकृष्णसँगै बसेर खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । प्रचण्डको पारिवारिक स्रोतका अनुसार आयुर्वेदिक उपचारका लागि गंगा र सीता दाहाल बिहीवार हरिद्धार गएका हुन् । आइतवारसम्म सीता र गंगा नेपाल फर्कने छन् ।
सीता विगत लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । जसका कारण ब्रेनमा समस्या देखिने र स्नायु तन्तुहरुमा रहेको प्रेटिनमा गडबडी हुने गर्दछ । साथमा नेकपाका नेता मातृका यादव पनि रहेका छन् ।

Next Post

आन्दोलनकी नाइके महिला कैदीबन्दीको सरुवा

४ पुष २०७६, शुक्रबार १६:५०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालजञ्जस्थित जिल्ला कारागार बाँकेमा रहेका दुई महिला कैदीलाई अन्यत्र सरुवा गरिएको छ । कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएकी भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको हो । रानालाई नवलपरासी र चन्दलाई पाल्पामा शुक्रवार बेलुका सरुवा गरिएको […]