लागुऔषधसहित पाल्पामा दुई पक्राउ

३० मंसिर २०७६, सोमबार १५:४०
 

सदरलाइनडटकम,
पाल्पा : पाल्पामा ठुलो परिमाणमा लागुऔंषध बरामद भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका वडा नं ३ दोभान पाल्पा बुटवल सडक खण्डको झुम्सामा लागु औंषध सहित दुई जना पक्राउन परेका छन् ।
बुटवलबाट पाल्पा आउँदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा लागुऔंषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ पर्नेमा स्याङजा जिल्ला अर्जुनचौपारी ५ घर भई पोखरा बस्ने २२ बर्षका विशाल नेपाली र कास्की मादी ९ बस्ने बर्ष ३१ का किरण गुरुड्ढ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।
उनीहरूको साथबाट डाइजेपाम ६८ वटा, नुफिन ६८ वटा,फेनेराज ६८ वटा,र नगद १६ हजार १ सय नगद बरामद भएको छ ।

Next Post

आगो बालेर सुतेका आमाछोराको ज्यान गयो

३० मंसिर २०७६, सोमबार १५:४०
सदरलाइनडटकम, काठमाण्डौ : कीर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका दुई जनाको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उहाँको दुई महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ । एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए […]