जानकीमा मनाइयो राष्ट्रिय धान दिवस

१५ असार २०७६, आईतवार १६:१६
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय धान दिवसका अवसरमा आइतवार वडा नं. ४ खजुराखुर्दमा धान रोपाई कार्यक्रम गरेको छ । रोपाई कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले कृषिलाई आधुनिकिकरण गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
उनले धानखेती गर्न किसानलाई बिउ, मल र सिंचाईको समस्या रहेकोले त्यसको समाधानका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षमा वजेट विनियोजन गरेको जानकारी दिइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले किसानका समस्या क्रमशः समाधान गर्दै कृषिलाई प्राथमिकता दिईएको बताए ।
सो अवसरमा वडा नं. ४ का अध्यक्ष बिश्रामकुमार वर्मा, कार्यपालिका सदस्य धर्मा थापा, गाउँपालिका कर्मचारी र स्थानीय कृषकको सहभागिता रहेको थियो ।


 

Next Post

हराएको ई–रिक्सा भेटियो

१५ असार २०७६, आईतवार १६:१६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा शनिवारदेखि हराएको ई–रिक्सा प्रहरीले फेला पारेको छ । वडा प्रहरी कार्यालयले नेपालगञ्ज १३ बुलबुलिया नजिकबाट हराएको ई–रिक्सा फेला पारेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का महफुज आलम जोलाहको जयसपुर गाबिस ६५० नम्बरको अटो ई–रिक्सा शनिवारदेखि हराएको थियो । फेला पारिएको उक्त रिक्सा आइतवार सम्बन्धित […]