बाँकेमा विशेष सुरक्षा योजना सार्बजनिक

९ आश्विन २०७६, बिहीबार १६:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बिशेष सुरक्षा योजना बनाएको छ । नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गरी बाँकेमा ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरिएको छ ।
सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताए । चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरिने उनले जानकारी दिए । भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी गरिने छ ।
नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको चेकजाँच हुने प्रहरी निरीक्षक बम बताए । ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएनभएको ट्राफिक प्रहरीको एप्सको प्रविधिबाट हेरिने बताइएको छ । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दर रेट टाँस गर्ने र अनिवार्य गराउने उनकोे दावी छ ।
मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने भएको छ । नाका, व्यापारिक क्षेत्रहरु भीडभाड तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिने छ ।

Next Post

करेन्ट लागेर बसका सहचालकको मृत्यु

९ आश्विन २०७६, बिहीबार १६:५१
सदरलाइनडटकम, नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कमा रहेको राजु ग्यारेजमा बसमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारी अनुसार राजु सुनार पट्टावालाले सञ्चालन गरेको सो ग्यारेजमा ना ६ ख ५३६४ नं. को बसमा वेल्डिङ्ग गर्दै […]