तीन जना विद्यार्थीका लागि ३ शिक्षक

८ जेष्ठ २०७५, मंगलवार ०८:०६
 

सदरलाइन / रुद्र सुवेदी   
८ जेठ, नेपालगन्ज : सुन्दा पनि झट्ट पत्याउन गाह्रो तर, कटु सत्य कक्षा ५ सम्म सञ्चालन भएको आधुनिक भवनसहितको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ३ र शिक्षक पनि तीन ।
बाँकेको डुडुवा गाउपालिकामा रहेको एक प्राथामिक तहको विद्यालयमा चालु शैक्षिक सत्रमा तीनजना विद्यार्थी मात्र विद्यालय भर्ना भएपछि उनीहरुलाई ३ जना शिक्षकले पढाउदै आएको पाईएको छ ।
जनता कल्याण नेपाल राष्ट्रिय प्राथामिक विद्यालय डुडुवा–५, नानुपूरवामा नयाँ शैक्षिक सत्रको २०७५ को लागि विद्यालयमा ३ जना विद्यार्थी मात्र भर्ना भएका हुन् । कक्षा ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा २ स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले तीन जना विद्यार्थीलाई पढाउदै आएका हुन ।
चालु शैक्षिक सत्रको लागि आशिका पुलामी मगर कक्षा ५, अशोक घर्तिमगर कक्षा ४ र ऋतु घर्तिमगरले कक्षा ३ मा भर्ना भएका छन् भने कक्षा १ र २ मा विद्यालय नै भर्ना हुन कोई पनि नआएको विद्यालयका प्रधानाध्यापक शंकर सिंहले जानकारी दिए ।
उनले आफ्नो विद्यालय नजिकै छिमेकी विद्यालयको स्वीकृतीमा निजी विद्यालय खोलेको कारण सबै बालबालिकाहरु निजि विद्यालयमा अध्ययनको लागि गएको कारण विद्यार्थी संख्या तीन मै सिमित हुनु परेको दाबी गरे ।
‘विगत वर्षदेखि नै विद्यालयमा विद्यार्थीको चाप घट्दै गईरहेको थियो विद्यालय व्यवस्थापन समितिले समयमा चासो नदिदा अहिले त झन ३ जना विद्यार्थी मै सिमित हुनु परेको छ’– सोही विद्यालयका शिक्षक जागदिश रोकाले भने ।
शैक्षिक सत्र २०७३ मा सो विद्यालयमा १७ जना २०७४ मा १४ जना विद्यालय भर्ना भएकोमा अहिले २०७५ मा ३ जनामात्र विद्यार्थी विद्यालय भर्ना भएका हुन । विद्यालयका प्रधानाध्यापक शंकर सिंहले विद्यालयको स्तरउन्नतीको लागि कुनै पहल नगरेको र केही गरौ भन्दा राजिनामा दिएर पेन्सनमा निस्कन्छु भन्ने गरेको कारणले पनि विद्यालयको गति दिनानुदिन खस्केको स्थानीय अभिभावकको आरोप छ ।
पाँचकोठा आरसिसि पक्कि भवन र प्रयाप्त भौतिक पूर्वाधार भएको सो विद्यालय आवश्यक विद्यार्थी संख्या नभएको कारण नजिकको विद्यालयमा मर्ज गर्ने तयारीमा आफुहरु रहेको डुडुवा गाउँपालिका शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । उनले भने–‘ सबै पूर्वाधार हुँदा पनि विद्यालय चलाउन नसेको पाईएको छ । विद्यार्थीलाई अनेत्र नजिकको विद्यालयमा सारेर विद्यालय नै मर्ज गर्नुको विकल्प छैन ।’
उनले अभिभावकको चाहाना अनुसार गाउँपालिकाको अधिकांश विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यामबाट अध्यापन गराउन थालेको कुरामा जोड दिदै भने–‘अहिले अंग्रेजी माध्यामबाट कक्षा सञ्चालन गरेको सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगि नसक्नु छ तर, नानुपुरवाका विद्यालयका प्रअ तथा व्यस्थापन समितिको कारण विद्यार्थी संख्या घटेर विद्यालय नै अनेत्र मर्ज गर्नुपर्ने अवस्थामा आएको छ ।’ उनले विद्यार्थी संख्या नै नभएको सो विद्यालयका विद्यार्थी र शिक्षकको बारेमा गाउँ शिक्षा समितिले चाँडै नै टुंगो लगाउने बताए ।
यसैबीच शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका उप सचिव गोर्खबहादुर थापाले विद्यालय भर्ना अभियान भर्खरै सकिएको र सबै विद्यायलबाट भर्ना विवरण र विद्यार्थी संख्या माग भएको छ । विद्यार्थी संख्या नभएको विद्यालय मर्जको प्रकृयामा लगिने बताए ।

Next Post

डुडुवाका सबै बालविकास केन्द्रमा अंग्रेजी माध्यामबाट पढाई हुँदै

८ जेष्ठ २०७५, मंगलवार ०८:०६
सदरलाइनडटकम ८ जेठ, नेपालगन्ज : बालविकास केन्द्रमा अध्ययनको लागि आउने बालबालिकालाई अग्रेजी माध्यामबाट शिक्षण गराउने उद्देश्यले सहयोगी कार्यकर्तालाई पाँचदिने अंग्रेजी शिक्षण तालिम सम्पन्न गरिएको छ । डुडुवा गाउपालिकामा रहेका ७३ वटा बालविकास केन्द्र मध्ये पहिलो चरणमा २७ वटा बाविकास केन्द्रका सहयोगी कार्यकर्तालाई पाँचदिने अंग्रेजी शिक्षण तालिम दिईएको हो । डुडुवा […]

सम्बन्धित