सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. ६ का नवनिर्वाचित वडाध्यक्ष रामशरण थारुले पद तथा गोपनियताको शपथ खाएका छन् । कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर सन्जु चौधरीले थारुलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । शपथ खाएलगत्तै वडाध्यक्ष थारुले पदभार ग्रहण गरेका छन् ।
शुक्रवार वडा कार्यालय पुगेका थारुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् । पदभारपछि बोल्दै वडाध्यक्ष थारुले जनताले दिएको जिम्मेवारीलाई इमान्दारीताकासाथ पुरा गर्ने बताए । कोहलपुर ६ लाई नमुना वडाका रुपमा विकासका लागि सबैपक्षसँग सहकार्य गरेर अगाडी बढ्ने वडाध्यक्ष थारुले बताए ।
हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा काँग्रेसका निकटतम प्रतिद्धन्दी श्रीकृष्ण थारुलाई ६४ मतले पछि पार्दै रामशरण थारु वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
