अफिमसहित सल्यानमा दुई जना पक्राउ

१९ मंसिर २०७६, बिहीबार १७:३७
 

सदरलाइनडटकम,
सल्यान : ठूलो परिमाणको लागुऔषधसहित सल्यानमा दुई जना पक्राउ परेका छन् । दुई किलो ४८ ग्राम अफिमसहित सल्यान शारदा नगरपालिका ७ कजेरीका २८ वर्षीय झक्कुप्रसाद बोहरा र बस चालक बागचौर नगरपालिका १० पिपलनेटाका ४५ वर्षीय टेकमप्रसाद शर्मा पक्राउ परेका हुन् ।
रुकुमबाट काठमाण्डौ जाँदै गरेको बसमा लुकाइछिपाइ लागुऔषध अफिम लौजाँदै गर्दा जाँचका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय थारेमारेमा राखेर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Next Post

सीमा विवाद वार्ताबाट टुंग्याउन प्रचण्डको सुझाव

१९ मंसिर २०७६, बिहीबार १७:३७
सदरलाइनडटकम, कैलाली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्न प्रयास गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालले बिहीवार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पाईंदैन भनेर आफुले नभनेको स्वीकार गरे । प्रचण्डले शुरुमै […]