डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा डा.राजन पाण्डे मनोनित

सदरलाइन संवाददाता ३ श्रावण २०७९, मंगलवार १३:४४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट डाक्टर पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका हुन् ।


विशेषगरि थारु समुदायमा देखिने सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष दखल राखेको भन्दै उनलाई ‘एक्सपर्ट प्यानेल’मा एनसिडिआई पोभर्टी कमिसन नेपालले सिफारिस गरेको हो ।

उनले आफ्नो फेसबुकमा लेखेका छन ‘मलाई स्वास्थ्य संगठनको पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन गर्नुभएकोमा एनसिडिआई पोभर्टी कमिसन नेपाल, प्राध्यापक डाक्टर भगवान कोइराला र इसिडिसी एनसिडी फोकल पर्सन डाक्टर फणिन्द्र प्रति विशेष आभार ब्यक्त गर्दछु,’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेयर विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम शुरु

३ श्रावण २०७९, मंगलवार १३:४४
नेपालगञ्ज : नेपालगञ्जको सुर्खेत रोडमा जडान गरिएका सोलार बत्ती मर्मत कार्य सुरु गरिएको छ । विगत लामो समयदेखि जडान गरिएका नगरभित्रका अधिकांस सोलार बत्ती बल्न छाडेपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयले मर्मत कार्य शुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम शुरु गरिएको बताइएको छ […]

सम्बन्धित